११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल ब्रिटेन डट कमलाई एनआरएन अध्यक्ष भट्टको शुभकामना

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७५, आईतवार १३:५७

लन्डन ।  नेपाल ब्रिटेन डट कमको एघारौं वर्ष पुगेको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले बधाइ तथा शुभकामना दिनुभएको छ । एनआरएन अभियानमा स्थापना कालदेखि नै सहयात्रीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै एनआरएनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- एकदशकको यात्रा पूरा गरी नेपाल ब्रिटेन डट कम एघारौ बसन्तमा पाइला टेकेको यस अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अभियानमा सुरुवातदेखि नै नेपाल ब्रिटेन डट कमले निर्वाह गरेको एक असल सहयात्रीको भूमिका वास्तवमै प्रशंसायोग्य छ । आगामी दिनमा समेत यो सहयात्रा निरन्तर रहीरहने विश्वास राखेको छु ।

एनआरएन अभियानको सुरुवातसंगै विदेशमा रहेका नेपालीहरुको सरोकारलाई उजागर गर्नेदेखि लिएर विभिन्न सामाजिक आर्थिक पक्षदेखि वैदेशिक रोजगार, विप्रेषण र नेपाली डायस्पोराका गतिविधिलाई समेत समेटेर सू–सूचित गर्ने कार्यमा यहांहरुको सक्रियता उल्लेखनीय रहेको छ । आगामी दिनमा समेत यो क्रमले निरन्तरता पाउनेमा विश्वस्त छु ।

नेपाल बाहिर रहेर पनि एक सफल सञ्चार माध्यमको रुपमा स्थापित हुनु वास्तवमै सहज छैन । यद्यपी गैरआवासीय नेपाली समुदायका आवाजलाई बुलन्द बनाउन यहाँहरुले निर्वाह गर्नुभएको भूमिका अहंम छ ।

गैरआवासीय नेपालीहरुको सरोकारका विषयमा खबरदारी गर्ने मात्रै होइन उनीहरुका समस्या, प्रवासमै हासिल गरेका सफलताका कथा, नेपाली समुदायका विविध गतिविधि लगायतलार्ई प्रचारप्रसार गरी विश्वका ७८ देशमा छरिएर रहेका नेपालीसामु पुर्याउन समेत सञ्चार क्षेत्रको भुमिका सधैं नेतृत्वदायी रहँदै आएको छ । यसर्थ नेपाल ब्रिटेन डटकमको आगामी दिनहरु समेत सूचनामा हरेक नेपालीको पहुँच स्थापित गर्न मै केन्द्रित रहने विश्वास लिएको छु ।

सही, सत्य र समाजको ऐनाको रुपमा सञ्चार जगत रहनुपर्ने आवश्यकतालाई समेत परिपूर्ती गर्दै आगामी दिनमा कुनै पनि किसिमको आग्रहरहित नयाँ सोच, नयाँ संकल्प र नयाँ धारणा निर्माण गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु ।

साथै नेपाली डायस्पोराका गतिविधी, वैदेशिक रोजगारीका समस्या चुनौती लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु समेत यहाँहरुको प्राथमिकतामै रहिरहनेमा आशावादी छु ।

भवन भट्ट
अध्यक्ष ।