१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समस्या हल गरेर मात्र भारत भम्रणमा जानुपर्छ : यादव

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार १३:५२

काठमाडौँ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशका समस्या हल गरेर मात्र प्रधानमन्त्रीले भारत भम्रणमा जानुपर्ने बताउनुभएको छ ।

रिपार्टस क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले देशका ज्वलन्त विषयलाई थाती राखेर विदेश भम्रणमा जाँदा आफ्नो पहिचान र मयार्दा धरापमा पर्ने बताउनुभयो ।

अध्यक्ष यादबले राष्ट्रिय समस्यालाई सम्बोधन गर्नका लागि सविधान सशोधन प्रक्रिया अगाडि बढाएर आफूले गरेको प्रतिबद्धता पूरा गरी मात्र भम्रणमा जान प्रधानमन्त्रीलाई सुझाव दिदैं ‘‘बरु दुई चार दिन भम्रणलाई पर सारी देशको समस्या हल गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ, नभए विदेशमा जाँदा उनीहरुको प्रश्नको उत्तर प्रधानमन्त्रीसंग हुने छैन’’, भन्नुभयो ।

भम्रणका समयमा उठाउने विषयमा पनि आफूहरुसँग छलफल नगरिएको आरोप लगाउँदै उहाँले मधेसी मोर्चासँग गरेको प्रतिबद्धता र सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादबले अहिलेको सरकार प्राथमिकताको विषयलाई छोडेर खुद्रा विषयमा अल्झेको टिप्पणीगर्दै नामको लागि मात्र संविधान सशोधन नगरी समस्या हल हुने गरी गर्नुपर्दछ, अन्यथा देश पुनः द्वन्द्वमा फस्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको सरकारले सविधान सशोधन गरी मुलुकको राष्ट्रिय समस्या हाल गर्नतर्फ ध्यान दिएको छैन । सविधान सशोधन, मुद्दाको खारेजी, बन्दीलाई रिहाइ गर्ने विषयमा कार्य प्रारम्भ पनि नगर्नु दुःखद कुरा हो ।

सविधान सशोधन नगरिकन कुनै पनि चुनाव हुन नसक्ने बताउँदै अध्यक्ष यादबले भन्नुभयो,‘‘ प्रादेशिक संरचना खडा गरी मात्र स्थानीय चुनाव गरिनुपर्छ ।’’