१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तरुण दलद्वारा सरकारलाई ताला साँचो

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७५, आईतवार १५:०६

काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो ।

सो अवसरमा अध्यक्ष खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र जारी भइसकेको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक नल्याएर जनताको स्वास्थ्यमाथि ताला लगाउन खोजेको आरोप लगाउनुभयो । सोही कारण सरकारमाथि पनि आफूहरुले ताला लगाउन प्रमुख जिल्ला अधिकारीमार्फत ताला साँचो बुझाएको उहाँको भनाइ थियो ।

तरुण दलले आज ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको जनाएको छ ।