१३ बैशाख २०८१, बिहीबार
Follow Us

आजदेखि डाक्टरले ओपीडी टिकट वहिष्कार गर्ने

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७५, मंगलवार ०४:३१

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले चारबुँदे आह्वान गर्दै आजबाट ओपीडी टिकट बहिस्कार गर्ने घोषणा गरेको छ ।

चिकित्सक संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चारबुँदे आह्वान गर्दै आन्दोलन घोषणा गरेको हो ।
संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यबद्धता जनाएको छ । देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न पनि संघले आह्वान गरेको छ ।

संघले देशभरका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, -याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि आह्वान गरेको छ । उपत्यकाका चिकित्सकहरु बसन्तपुरमा विहान १० बजेदेखि ५ बजेसम्म अनसन बस्ने पनि संघले जनाएको छ ।