१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा.केसीको अनसन अहिलेसम्मकै लामो, अवस्था चिन्ताजनक

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७५, मंगलवार ०४:३९

काठमाडौं । डा. गोविन्द केसीको अनसन अहिलेसम्मकै लामो भएको छ । उहाँ अनसन बसेको आज २५ दिन भएको छ । यसअघि उहाँको ११औँ अनसन २४ दिनमा टुंगिएको थियो । २५ दिन वित्दा उहाँको स्वास्थ्य अवस्था निकै खस्किएको छ ।

जुम्लाबाट काठमाडौ ल्याइएपछि हिजो पहिलोपटक डा.केसीको स्वासथ्य जाँच भएको छ । ८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रहमा डा. केसी स्वास्थ्य जचाउन तयार हुनु भएको हो । अस्ति साँझ आफ्ना छोरालाई भेट्न आउनु भएकी आमा स्वास्थ्य परीक्षण पनि नभएको थाहा पाउनासाथ दुःखि हुनु भएको थियो ।

भेटमा केही नभनेपनि टेलिफोनमार्फत भावुक हुँदै आफ्ना छोरालाई उहाँले कम्तिमा पनि, स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नु भएको थियो । डा.केसीको स्वास्थ्यलाई नजिकबाट नियालिरहनु भएकी डा.दिव्या सिंह शाह केही दिन यता डा.केसीमा आएका परिवर्तनहरुका कारण निकै चिन्तित हुनु भएको छ ।