१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महिला संघ नेतृत्वमा कडा टक्कर, यी हुन् आकांक्षी !

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार १४:२५

काठमाडौं–नेपाली कांग्रेस सम्बद्ध संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि कडा टक्कर हुने भएको छ । भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटिमण्डमा चौथो महाधिवेशन गर्ने तयारीमा रहेको महिला संघमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पध्रा हुदै छ । पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवा पक्षसँग सहकार्यको सम्भावना नभए नेतृत्वका लागि छुट्टै उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ।

संघको केन्द्रीय समिति र पार्टी निर्देशक समितिले २६ गतेसम्म अधिवेशन सम्पन्न नगरे बाँकी दुई जिल्लालाई महाधिवेशन सहभागि नगराउने निर्णय गरेको छ । संघकी प्रचार समिति संयोजक निर्मला क्षत्रीले ७३ जिल्लाको अधिवेशन सकिएको जनाउँदै बाँकी दुई जिल्लाको अधिवेशन २६ गतेभित्र सम्पन्न गर्न अन्तिम समय दिएको बताइन् । प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागि हुने जानकारी दिंदै उनले तयारी अन्तिम चरणमा पुगेको बताइन् ।

तीन दिनसम्म चल्ले महाधिवेशनमा एक करोड चालिस लाख खर्च अनुमान गरेको महिला संघले महाधिवेशन प्रतिनिधिलाई भदौ २८ देखि ३१ गतेसम्म सुन्धारा र ठमेलमा बस्ने व्यवस्था मिलाएको छ ।

सभापति देउवाले उद्घाटन गर्ने महाधिवेशनको बन्दसत्र पनि भृकुटीमण्डपमा हुने भएपनि नयाँ नेतृत्वका लागि निर्वाचन भदौ ३१ गते राष्ट्रिय सभागृहमा हुने क्षत्रीले जानकारी दिइन् । विद्युतीय भोटिङमार्फत नेतृत्व चयन गर्ने संघले तयारी गरेको छ । महिला संघमा पनि नेपाल विद्यार्थी संघमा जस्तै वर्तमान समितिमा रहेका कुनैपनि व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।

रामचन्द्र पौडेल पक्षको सम्पन्न भेलाले मीना पाण्डेको नेतृत्वमा प्यानल बनाउने लगभग निर्णय गरेको छ भने संस्थापन पक्षको गृहकार्यजारी छ । पौडेलको निवास बोहोराटारमा भएको भेलामा मीना पाण्डेको नाम सर्वसम्मत रुपमा तय भएको हो । समाचार स्रोतका अनुसार आफ्नो समुहबाट धोका भएको विगतको नजीरका कारण मीना पाण्डेले यस पटक उम्मेदवार बन्न खासै जाँगर देखाउनु भएको थिएन । विराटनगरमा सम्पन्न महाधिबेशनमा पाण्डे कृष्णप्रसाद भट्टराई पक्षकी उमेदवार उमा अधिकारीसँग प्रतिस्पर्धा गर्नु भएको थियो । त्यसबेला कोइराला परिवारले नै असहयोग गरेपछि पराजित हुनु भएको थियो । पौडेल निवासमा भएको भेलामा उहाँले त्यो स्मरण गराउँदै फेरी धोका नहुने विश्वासिलो आधार नभई आफु चुनावमा नहोमिने बताउनु भएको थियो ।
यसैगरी पार्टीको गत महाधिबेशसनमा पनि आफ्नै प्यानलबाट धोका भएकोले केन्द्रीय सदस्यपदमा पराजित हुनु परेको पीडा नेतृ पाण्डेले पोखेपछि बैठकमा केहीबेर सन्नटा छाएको थियो । यही सन्नटाकावीच नेतृ सुजाता कोइरालाले अब त्यो अवस्था नदोहोरिने प्रत्याभूति दिलाएपछि पाण्डे उमेदवार हुन तयार हुनु भएको बुझिएको छ ।

संघर्षशील इतिहास बोक्नु भएकी र २०४८ सालमै निर्वाचित सांसद तथा त्यस पछि राज्यमन्त्री समेत भइसक्नु भएकी पाण्डेलाई पौडेल पक्षले अघि सारेपछि त्यही अनुसारको व्याक्तित्वलाई अघि सार्नुपर्ने बाध्यता संस्थापन पक्षलाई छ । महाधिबेशन प्रतिनिधहरु संस्थापन पक्षका धेरै छन् । तर करिव २० प्रतिसत मत उमेदवारको व्याक्तित्वले पनि तल माथि पार्नसक्ने भएका कारण मीना पाण्डेको व्याक्तित्वलाई किच्नसक्ने उमेदवारको खोजीमा संस्थापन पक्ष जुटेको छ । यसका लागि संस्थापन पक्षले चित्रलेखा यादवलाई अघि सार्ने तयारी गरेको थियो ।
उपसभामुख, मन्त्री, पार्टीको कोषध्यक्ष समेत रहिसक्नुभएकी र संघर्षको इतिहासमात्रै होइन क्षमता पनि प्रर्दशन गरिसक्नु भएकी यादवलाई अघि सार्दा सर्वसम्मत हुने संभावना समेत रहेको अनुमान संस्थापन पक्षको थियो । तर अन्तिम अवस्थामा आएर यादव तयार हुनु भएन ।
कोषाध्यक्षका रुपमा समग्र पार्टीको छैठौ मर्यादाक्रममा बसेर काम गरिसक्नु भएकी यादव भगिनी संस्थामा फर्कन चाहनु भएन । उाँले चहना नराखेका कारण संस्थापन पक्षले उमा रेग्मी, महालक्षी उपाध्याय (डीना) र ईश्वरी न्यौपाने मध्ये एक जनालाई अघि सार्ने गृहकार्य गरिरहेको छ । २०४८ सालमै निर्वाचित सांसद भइसक्नु भएकी उमा अधिकारीको व्याक्तित्व मीना पाण्डे सरह भएपनि लोकप्रियतामा भने रेग्मी नै अगाडि हुनुहुन्छ । तर पार्टीको अन्तिरिक समिकरणमा उहाँ आफ्नो स्वार्थ अनुसार कहिले कता र कहिले कता आहोर दोहोर गरिरहने भएकोले युवा नेतृ डीना वा ईश्वरी न्यौपानेलाई अघि सार्नु पर्छभन्ने तर्क पनि संस्थापन पक्षमा उठीरहेको छ । उता कृष्णप्रसाद सिटौला समुहले भने धनलक्ष्मी खतिबडालाई अघि सार्ने तयारी गरेको छ ।