१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्री तामाङले राजीनामा दिने

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७५, मंगलवार ०५:५२

काठमाडौँ । कानून तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङले राजीनामा दिने तयारी गरेका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छात्राहरुका विषयमा तामाङको अभिब्यक्ति विवादमा आएपछि उनले राजिनामा दिने तयारी गरेका हुन । विवादास्पद अभिब्यक्ति पछि पार्टी नेतृत्वले समेत राजीनामा दिन मन्त्री तामाङलाई निर्देशन दिएको बताइएको छ ।

सोमबार राती भएको नेकपाको सचिवालय बैठकमा अधिकांश नेताहरुले मन्त्री तामाङलाई राजीनामा गराउनुपर्ने धारणा राखेका थिए । मन्त्री तामाङले पछिल्लो घटनाक्रमबारे दिउसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने जानकारी दिए । मन्त्री तामाङले सोही पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्ने सम्भाबना रहेको छ ।

गत शुक्रबार चाबहिलस्थित एक कलेजको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस पढन जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए । उनको अभिव्यक्ति गलत भएको र बंगलादेशमा अध्ययनरत छात्राहरुको अस्मितामाथि धावा बोलेको भन्दै तिब्र आलोचना भएको थियो । विपक्षी दलका साथै महिलाहरुले समेत उनको राजिनामा माग गरेका थिए ।