८ बैशाख २०८१, शनिबार
Follow Us

सांसद डा. पाठकद्वारा बेलायती संसदको अवलोकन

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७५, मंगलवार ०९:२१

लन्डन । बेलायत भ्रमणमा रहेका सांसद डा. सूर्य पाठकले संसदको अवलोकन गरेका छन् । डा. पाठकले हिजो सोमवार बेलायतको तल्लो सदन हाउस अफ कमनको अवलोकन गरेका हुन् । पाठकले संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद प्रत्यक्ष हेर्ने अवसर मिलेको बताए । उनले भने, ‘प्रश्न–उत्तर निकै चाख लाग्दो थियो ।’
पाठकले बेलायतको संसदबाट नेपाल र नेपालीले धेरै सिक्न बाँकी रहेको बताए । उनले नेपालको संसदभित्र पनि मन्त्री र संसदबीच प्रत्यक्ष प्रश्न–उत्तर छिट्टै सुरु हुन लागेको जानकारी दिए ।
पाठकले हाउस अफ कमनमा बेलायतमा हाउजिङको समस्याको बारेमा भइरहेको संवाद प्रत्यक्ष अवलोकन गरेका थिए । संसद भवनको अवलोकन गर्न सञ्चारकर्मी नरेन्द्र बस्नेत, जगन कार्की, चिरन शर्मालगायत भुपेन्द्र पाठक र भक्त क्षेत्रीको टोली वेष्ट मिनिस्टर पुगेको थियो ।
एक साताको भ्रमणमा बेलायत आएका पाठक शनिवार बेल्जियम प्रस्थान गर्दैछन् ।