८ बैशाख २०८१, शनिबार
Follow Us

अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन जारी रहन्छ : उपसभापति निधि

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७५, मंगलवार १०:०९

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् । एक साता लामो यूरोप भ्रमण सकाएर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हुबहु पारित नगरेसम्म आन्दोलन जारी रहन्छ ।’

उनले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् । उनले विहीबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरे । उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए ।

उपसभापति निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । नेपाली काँग्रेसको सरकारविरुद्धको पहिलो चरणको आन्दोलनको कार्यक्रम आज सकिदैंछ ।