१२ बैशाख २०८१, बुधबार
Follow Us

स्वास्थ्य मन्त्री यादव अचानक थाइल्याण्ड प्रस्थान

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७५, मंगलवार १३:११

काठमाडौं । आज उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड प्रस्थान गरेका छन् । मन्त्री यादव आज दिउँसो थाइ एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । डा.गोविन्द केसीको अनसनका कारण स्वास्थ्य क्षेत्र आन्दोलित भइरहेका बेला मन्त्री यादव थाइल्याण्ड किन गए भन्ने चासोको विषय बनेको छ । महिडोल विश्वविद्यालय थाइल्याण्डले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यादव त्यसतर्फ लागेको जनाइएको छ । बुधवार र बिहीवार उक्त कार्यक्रममा सहभागी भई मन्त्री यादव शुक्रवार नेपाल फर्किने उनको निजी सचिवालयले जनाएको छ ।