१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मानवता ;कविता

sarusaru
९ श्रावण २०७५, बुधबार ०४:३३

हे मानवता
तेरो असली रुप कस्तो हुन्छ
राजा बलीको दान जस्तो
मदर टेरेसाको माया र ममता जस्तो
गान्धीको त्याग जस्तो
नेन्सल मन्डेलाको सघर्ष जस्तो
महाभारतका पाण्डव पुत्रहरूले
द्रौपतीलार्इ दिएको माया जस्तै
धेरैले एकैलाई वा एकले धेरैलार्इ
उही र उस्तौ रूप र भावमा व्यक्त गरे जस्तो ।

कस्तो हुन्छ मानवता
मोनालिसाको मुस्कान जस्तो
या फेरिन्छ
सपर्को काचुली फेरिए झै मानवताको रूप
या त हुन्छ
मरभूमिको बालुवा झै
हावा हुरी चल्दा उडने
घाम लाग्दा तात्ने हुन्छ।

कति बेला हुन्छ जन्म मानवताको
के हुनु पर्छ मानवताको जन्म हुन
युद्ध या शान्ति ।

म कस्लाई सोधौ मानवता केहो भनेर
अझ मानवलाई नै के सोधौ कि नसोधौ के हो मानवता भनेर
बरु ती मानवले
मानवताको रूप् र परिभाषा बदलिने डरले
मान्छे जस्तै लाग्ने शालिक
भगवान जस्तै लाग्ने मुर्तिलार्इ
सोध्नु पर्ला कि मानवता के हो भनेर ।
सायद
कमसे कम तिनले कि बोल्नै छैनन
बोले भने
भन्ने छन एउटै कुरा
जो सदा सर्वदा सत्य हुनेछ
सर्व स्वीकार्य हुनेछ
मानवका लाग मानवताको परिभाषा ।

मान्छेमा मानवता हुदो हो त
किन बेलाबेलामा
बाढीजस्तै उत्डण्ड देखाउँछ
मान्छे नै मान्छेको बीचमा
पहिरो जस्तै निष्टुरी बन्छ मान्छेको भावना
आगो जस्तै छोइ नसक्ने हुन्छ मान्छेको बोली र बचन ।

त्यसैले मैले पनि
जान्न, बुझ्न र देख्न चाहे
मानवातको असली रूप
मान्छेहरूले
मानवता खोजीरहेको भीडमा उभिएर ।

खडक बोहरा, बझाङ
हाल मार्तडी बाजुरा