१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डढेलोमा परी ७४ जनाको मृत्यु

sarusaru
९ श्रावण २०७५, बुधबार ०७:१६

रफिना : ग्रीसको राजधानीनजिकै समुद्री इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीले बताएका छन् ।

आगलागीका कारण यहाँ संकटकाल घोषणा गरिएको छ । आगलागी भएको ठाउँमा ६ सयभन्दा बढी अग्निनियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो । ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् ।

यसअघि उनले युरोपेली युनियनसँग सहयोग आह्वान गरेका थिए । अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् ।

आगलागी भएसँगै बाटा बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ । प्रधानमन्त्री एलेक्सिस सीप्रासले घटनाप्रति दुःख व्यक्त गर्दै डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयास भइरहेको बताएका छन् । आगलागीका कारण १५६ जना घाइते भएको अधिकारीले बताएका छन् । घाइतेमध्ये ११ जना गम्भीर घाइते भएको र त्यसमध्ये १६ जना बालबालिका रहेका छन् ।
अन्नपूर्ण पोष्ट