१२ बैशाख २०८१, बुधबार
Follow Us

भरतपुरमा प्रहरीको गोली लागि एक जना घाइते

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७५, बुधबार १०:०९

काठमाडौं । चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रदर्शनकारीबीच झडप भएको हो ।

प्रहरीले चलाएको गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र रहेको प्रहरीले जनाएको छ । उनको पूर्ण पहिचान भने खुल्न सकेको छैन । उनको खुट्टामा गोली लागेको र उपचार भइरहेको बताइएको छ । प्रहरीलाई प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै कैयौं सेल अश्रु ग्यास र १० राउण्ड गोली चलाएको थियो ।

भरतपुर महानगरपालिकाले साउन ५ गते देखि भरतपुर महानगरपालिकाको मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएपछि सो विरुद्ध अटोरिक्सा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।