११ बैशाख २०८१, मंगलवार
Follow Us

क्रिकेट टोलीको सम्मानमा लण्डन दूतावासमा स्वागत कार्यक्रम (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७५, बुधबार १५:३८

लन्डन — लर्डस मैदानमा एमसीसी र नेदरल्यान्ड्ससँग टी टवान्टी त्रिकोणात्मक श्रृंखला खेल्न आएको नेपाली क्रिकेट टिमको सम्मान नेपाली दूतवास लण्डनले स्वागत तथा सम्मान गरेको छ । दूतावासमा मंगलबार आयोजित कार्यक्रममा अधिकांश वक्ताले वेलायत नेपालको सम्बन्धमा क्रिकेट खेल कोषेढुंगा हुदै गएको विचार राखे ।

अपांगता सम्बन्धि विश्व शिखर सम्मेलनमा सहभागी हुन आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले क्रिकेट खेलाडीलाई अग्रिम शुभकामना दिइन्। उनले सुगौली सन्धिपछि ब्रिटिस सेनामा नेपालीको प्रवेश भएको र नेपालीको योगदानलाई बेलायतले उच्च मुल्यांकन गरेको पनि बताइन् ।
कार्यक्रममा सांसद डा. सूर्य पाठकले क्रिकेटले नेपाललाई अब संसारले क्रिकेटको देशको रुपमा चिन्दै गएको बताए ।

उनले बेलायतले नेपालको विकासमा निरन्तर सहयोगको लागि धन्यवाद समेत दिए । ब्रटिस व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले समृद्ध नेपाल बनाउने अभियानमा बेलायतका नेपालीलाई साथ दिन समेत अपिल गरेका थिए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल दुई पक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन र ऐतिहासिक सम्बन्धलाई जनस्तरमा समेत अभिवृद्धि गर्न क्रिकेटले योगदान गरिरहेको बताए।

एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सनले नेपाली खेलाडीलाई दोस्रोपटक आफ्नो मैदानमा स्वागत गर्न उत्साहित भएको बताए।

आफ्ना खेलाडी, प्रशिक्षक र फिजियोकासाथ दूतावास आएका कप्तान पारस खड्काले क्रिकेटका कारण नेपाल र ब्रिटेनबीच नयाँ सम्बन्ध विस्तार भएको धारणा राखे। खड्काले एमसीसीले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने अपेक्षा व्यक्त गर्दै २९ जुलाइमा लड्र्समा उपस्थिति जनाइदिन बेलायतवासी नेपाली सबैमा अनुरोध गरे।
फोटो – एभ्रेष्ट गौतम