१३ बैशाख २०८१, बिहीबार
Follow Us

अबको निर्वाचनमा नयाँ शक्ति पहिलो दल बन्छ : नेता भट्टराई

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७३, शनिबार ०५:१२

वालिङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अब हुने सबै तहको निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो पार्टीका रुपमा उदाउने दाबी गर्नुभएको छ ।

नयाँ शक्ति पार्टी नेपाल स्याङ्जाले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि आर्थिक विकास’ विषयक एकदिने अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले “अब मुलुकलाई खाँचो आर्थिक विकास र समृद्धिको रहेको छ जसको नेतृत्व नयाँ शक्ति नेपालले गर्नेछ ” भन्नु भयो ।

अहिले जारी भएको संविधानमा केही त्रुटी रहेकाले सबै दल एक ठाउँमा उभिएर संविधान संशोधन तथा कार्यान्वयनका लागि लाग्नु अहिलेको आवश्यकता रहेको नेता भट्टराईको भनाइ थियो । “नयाँ शक्ति नेपाल अहिले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दालाई सम्बोधन हुनेगरी नीति निर्माणमा लागिरहेको छ”– संयोजक भट्टराईले भन्नुभयो ।”