१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी नागरिकबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न आग्रह

sarusaru
१० श्रावण २०७५, बिहीबार ०३:१०

काठमाडौं । नेपालका लागि अमेरिकाकी राजदूत अलाइन टेप्लिजले अमेरिकी नागरिकहरुबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आफ्नो कार्यकाल सकिनै लाग्दा गृहमन्त्री रामबहादुर थापा (बादल)सँग बुधबार शिष्टाचार भेट गरी राजदूत अलाइनले प्रवेशाज्ञा शुल्क पुनरावलोकनको जिज्ञासा राखेकी हुन् । उनले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा भने अमेरिकी सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पारेकी छन् ।

जवाफमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए ।

भेटका क्रममा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको थियो ।

विदाइ भेटमा राजदूत अलाइनले १३ दिनपछि कार्यकाल सम्पन्न गरेर अमेरिका र्फकन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताएकी छन् ।
अनलाइन खबर