७ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. केसीको स्वास्थ्य अत्यन्त जटिल

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार ०५:५२

काठमाडौं । चिकित्सकहरुले डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए केसीलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले आफुहरु डा. केसीको स्वास्थ्यबारे जानकारी दिन नियुक्त भएको आधिकारिक व्यक्ति नभएको तर २–३ दिनमा अनशन रोकिएन भने उहाँलाई गुमाउनु पर्ने अवस्था आउन सक्ने बताउनु भएको हो । केसीको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई जानकारी दिइसकेको समेत उहाँले बताउनु भएको छ ।

डा. केसीले उपचार गराउन अस्वीकार गर्दै आउनु भएको छ । ६१ वर्ष पुगिसक्नु भएका डा. केसीले १५औं आमरण अनशन सुरु गरेको आज २७ दिन पुगेको छ । सरकारको क्याविनेट चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताउनु भएको छ । उहाँका अनुसार डा. केसीलाई हिजोमात्रै साँझसम्म तीनपटक बान्तासमेत भएको छ ।