७ बैशाख २०८१, शुक्रबार
Follow Us

दोस्रो वाइडबडी विमान (मकालु) काठमाडौं आइपुग्यो

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार ०६:०२

काठमाडौं । नेपाल वायु सेवा निगमले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३०३-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो । मकालु नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ ।

विमान ल्याउन निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारसहितको टोली फ्रान्स पुगेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव कृष्ण देवकोटाले नयाँ जहाजको स्वागत गरेका हुन् । जहाज आउनुअघि निगमका उपप्रवन्ध निर्देशक गणेश बहादुर चन्दले आकाश भैरवको पूजा गरेका थिए ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

यसअघि गत असार २४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो । निगमले दुर्इवटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ ।