८ बैशाख २०८१, शनिबार
Follow Us

फोहर बोक्ने ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sarusaru
१० श्रावण २०७५, बिहीबार ०८:१६

चितवन । भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका-१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल सडकमा निस्किने क्रममा ट्र्याक्टरमा ठोक्किदा दुर्घटना भएको हो। खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट-७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन्। घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल