१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकार र गोविन्द केसी पक्षबीच आजै लिखित सहमतिको सम्भावना

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार ०९:५७

काठमाडौं । सरकार र डा गोविन्द केसीको वार्ता सहमति नजिक पुगेको छ । बिहीबार बालुवाटरमा बिहानैदेखि भएको छलफल सकारात्मक भएको हो । वार्तामा संलग्न सरकारी टोलीका एक सदस्यले १–२ घन्टापछि लिखित सम्झौताको सम्भावना रहेको बताए ।

बुधबारसाँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः सकारात्मक बन्दै आएको हो । प्रधानमन्त्रीको आश्वसनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीवेरमा सिंहदरबारमा वार्ता भइरहेको छ ।

साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनशन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए । उनले सरकारी वार्ता टोलीलाई दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेडसहितको निर्देशन दिएका छन् । नेम्वाङले संसद्को प्रक्रियाबाटै डा. केसीका माग सम्बोधन हुने सहमति भएको बताए ।