११ बैशाख २०८१, मंगलवार
Follow Us

स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार १०:०५

काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले आज विज्ञप्ति निकालेर भोलि शुक्रबारदेखि केसीको अनसन नतोडिउन्जेल आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । निर्णय कार्यान्वयनका लागि संघका शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई संघले अनुरोध गरेको छ । बिरामी र बिरामीका आफन्तलाई धैर्य धारण गर्न पनि संघले आग्रह गरेको छ ।