१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच सात बुँदे सहमति (यस्तो छ, सहमतिका बुँदाहरु)

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार १४:५८

काठमाडौँ । डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच सात बुँदे सहमति भएको छ । २७ दिन देखि अनसनरत डा. केसीका पक्ष र सरकारबीच सिंहदरबारमा वार्ता भएको थियो । वार्तास्थलमा प्रधानमन्त्री ओलीमा सहभागि भएका थिए । सरकार र केसीबीच सहमति भएसँगै अहिले हस्ताक्षर गराउने तयारी भइरहेको बताइएको छ । साथै केसीको अनसन तोडाउने सरकारको तयारी छ ।

यस्तो छ, सहमतिका बुँदाहरु
– चिकित्सा शिक्षा अध्यायदेशको प्रतिस्थापन विधेयकमा स्नातकोत्तर सेवाअवधि बाहेक बाँकी बुँदामा कुनै परिवर्तन नगरी संसदमा पेस गरिनेछ ।
– कर्णाली विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएसका विद्यार्थी भर्ना गरिने ।
– पूर्वाधार र जनशक्तिलगायत परिपूर्ति गरिने छ ।
– माइतीघर मण्डला निषेधित क्षेत्रलाई फुकुवा गरिनेछ ।
– सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रावृत्ति प्रदान गरिनेछ ।
– उपत्यकामा मेडिकल कलेज १० वर्षसम्म खोल्न नपाइने,
– एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने सहमति भएको छ ।
उक्त सहमतिको बुँदा लिएर डा. केसी पक्षका डा. सुरेन्द्र भण्डारी डा. केसी अनसन बसेको स्थलमा पुग्नुभएको छ । अनसन गोडाउन भने सुवास नेमवाङ र कृष्णभक्त माथेमा शिक्षण अस्पताल जाने छन् ।