१३ बैशाख २०८१, बिहीबार
Follow Us

मंगलग्रहको दक्षिण ध्रुवमा भूमिगत विशाल ताल

sarusaru
११ श्रावण २०७५, शुक्रबार ०३:३६

एजेन्सी। वैज्ञानिकहरुले मंगलग्रहमा तरल पानीको अस्तित्व पत्ता लगाएको दावी गरेका छन्। मंगलग्रहमा फेला परेको उक्त पानी दक्षिण धु्रबिय हिँउले धाकेको इलाकामा एक तालका रुपमा रहेको र यो करिब २० किलोमिटरको क्षेत्रफलमा फैलिएको उनीहरुले बताएका छन्। उक्त ताल हिँउको सतहबाट करिब १ किलोमिटर मुनी रहेको पनि उनीहरुले बताए।

सुरुका सोधमा मंगलग्रहको धरातलमा तरल अवस्थाको पानी रहेको सम्भावित संकेत प्राप्त भएको थियो। अहिले यो पानी रहेको सोधको नतिजा पहिलो प्रमाण हो।

नासाको क्युरियोसिटी रोवरले जुन ताल रहेको सतह पत्ता लगाएको थियो त्यसले अतितमा मंगलग्रहको सतहमा पानी रहेको हुनु पर्ने थाहा पाउन सकिन्छ।

यद्यपी क्षीण वायुमन्डलका कारण मंगलग्रहको जलवायु पहिलाको तुलनामा चिसो छ, जसको परिणामस्वरुप यहाँ रहेको पानी हिँउमा परिणत भएको छ।

यो नयाँ खोज मार्सेस भुउपग्रहको मद्दतबाट सम्भव भएको हो। मार्सेज मार्स एक्सप्रस आर्विटरमा एक राडार उपकरण जडान गरिएको छ।

अध्ययनको नेतृत्व गरिरहेका इटालियन नेसनल इन्स्टिच्युट अफ एस्ट्रोफिजिक्सका प्रोफेसर रोबर्टो आरोसेइले यो सम्भवत एक अन्त्यन्तै ठुलो ताल हुन सक्ने बताए।

यद्यपी मार्सेसले तालमा पानीको गहिराइ कति छ भन्ने पत्ता लगाउन सकेको छैन। तर सोधदलले यो कम्तिमा १ मिटर हुन सक्ने अनुमान गरेका छन्।

पोफेसर ओरोसेइले भने– त्यहाँ जे भेटिएका छन्, त्यो पानी नै हो। यो एक तालका रुपमा छ। यो बरफ चट्टान वा बरफको बीचमा भरिएको पानी जस्तो होइन।

मंगलग्रहमा भएको यस ताजा खोजबाट जीवनको सम्भावनाहरुका बारेमा निश्चित रुपमा अहिले नै केहि भन्न नसक्ने वैज्ञानिकहरुले बताएका छन्। ओपन युनिभर्सिटीमा आबद्ध डाक्टर मनिष पटेलले भने– हामी लामो समयदेखि जान्दै आएको के हो भने मंगलग्रहको सतह जीवनका लागि अनुकाुल परिस्थिति छैन । तर अब हाम्रो खोज केही अगाडी बढ्न सक्छ।

नयाँ खोजले मंगलग्रहमा पानी भएको थाहा भएको छ तर यसकै आधारमा जीवनको सम्भावनाका बारेमा निष्कर्ष सम्म पुग्न नसक्ने बताइएको छ। ‘हामी जीवनको सम्भावनाको नजिक पुगेका छैनौं । तर यस खोजबाट हामीलाई मंगल ग्रहमा कहाँ र कुन दिशामा अगाडी बढ्नु पर्ने हुन्छ भन्ने थाहा भएको छ । यो लुकाइएको सम्पतीको नक्सा जस्तै हो ‘ पटेलले बताए ।
तरल तालको उपस्थिति सम्बन्धी नयाँ खोज मंगलग्रहमा विगत र बर्तमानमा जीवनको सम्भावना खोजी गरिरहेका अनुसन्धानकर्ताहरुका लागि राम्रो अवसर बन्नेछ ।

यद्यपी खोज गरिएको तालका विषयमा थप गहन अध्ययन गरिनेछ, त्यसपछि मात्र निषर्कमा पुग्न सकिने छ।