१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रस्तावित प्रधानन्यायाधीश जोशीले ‘साथी’ भनेपछि हंगामा

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७५, शुक्रबार ०७:२७

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । समितीको आज (शुक्रबार) बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ । प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखीत उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिती सदस्य पार्वत गुरुङले जानकारी दिए ।

समितीमा केहि समय प्रस्तावित प्रधानन्यायाधीश र समिती सदस्यहरुबिच भनाभन भएको थियो । सवाल जबाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समिती सदस्यहरुलाइ साथि भनेपछि समिती सदस्यहरुले आफु माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्ताबित प्रधानन्यायाधीश जोशीले आफू पनि माननिय भएको भन्दै एउटै पद भएकाले साथि भनेको बताएका थिए ।

समिती सदस्य पुष्पा भुषालका अनुसार, प्रधानन्यायाधीश नियुक्तीको बिषयमा समितीभित्र छलफल हुनै बांकी छ । उनका अनुसार, ‘हिजो प्रस्तावीत प्रधानन्यायाधीश जोशीज्यूले उठेका उजुरी र समितीका सदस्यहरुले सोधेको प्रश्नको जबाफ मात्रै दिनुभएको हो । प्रश्नको जबाफपश्चात समितीका सदस्यहरुको बैठक बसेन । त्यसैले आज समितीभित्र छलफल गरेर सबै कुराको निक्र्यौैल हुन्छ ।’ आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।