१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुम्लिङ्टार बस दुर्घटनाः मृतकको संख्या आठ

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७५, शुक्रबार १४:४४

चितवन । इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहँु भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाँैका ३० वर्षीय रवीन गुरुङ, तनहँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् ।

यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान ११ः५५ बजेको समयमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा बस त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट पोखरातर्फ जान आउँदै गरेको ना ६ ख २५०६ नंको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ गइरहेको ना ५ ख ७४०९ नंको ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिक खोल्सामा खसेको हो । बसले काठमाडौँबाट ३० जना यात्रु लिएर हिँडेको प्रहरीले जनाएको छ ।