८ बैशाख २०८१, शनिबार
Follow Us

नेता खनालको प्याराथाइराइड शल्यक्रिया, चीनमा उपचार गराउँदै

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७५, शुक्रबार १४:५१

काठमाडौं । चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गाैलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ ।

चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उहाँको बिहीबार सफल शल्यक्रिया भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । शल्यक्रियापछि खनाल अहिले आराम गरिरहनुभएको छ ।

चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गौलामा भएको पत्थरीको उपचार गर्न चीन जानुभएको हो । उपचार गराउन चीन जानुअघि उहाँले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, वीर अस्पतालमा उपचार गराउनुभएको स्वकीय सचिव भट्टराईले बताउनुभयो । उहाँलाई विगत एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो । यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँग चीन जानुभएका खनाल अझै १० दिन चिकित्सकको सल्लाहमा चीन बस्नुहुनेछ ।