१४ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षेत्रीय बैठकमा हिडेका ४ दर्जन एनआरएन नेताहरु जर्मनीमा

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७५, शुक्रबार २२:१६

फ्रयांकफर्ट । गैरआवासीय नेपाली संघको आइतवार देखी लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनमा भाग लिन हिडेका ४ दर्जन भन्दा बढी एनआरएन नेताहरु फ्रयांकफर्डमा जम्मा भएका छन् ।
संघका महासचिव डा. बद्रि केसी, सहित रसियाबाट आएको ९ जनाको टोली शुक्रवार साँझ यहाँ उत्रिएको छ । यस्तै गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएन आइसीसी सल्लाहाकार हरिवोल भण्डारी, आइसीसी सदस्य (अमेरिका) राजन त्रिपाठी, फ्रयांकफर्ट आएका छन् । एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा समेत शुक्रवारनै उत्रिए ।
यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट शनिवार विहान फ्रयांकफर्ट उत्रिने तयारीमा छन् ।
भट्टको सम्मानमा शनिवार विहान एनआरएन जर्मनीले एक स्वातग तथा सम्मानको कार्यक्रम गर्ने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सल्लाहकार डा. हेमराज शर्मा, आइसीसी सदस्य महेश श्रेष्ठ (जापान), साहित्यकारद्धय डा. रविन्द्र समिर, अमर न्यौपाने सहित करिब ५० जनाको टोली शनिवार विहान लग्जेम्वर्ग प्रस्थान गर्दैछ ।