१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले कर्मचारी विदेश गएको विवरण किन मागे ?

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७५, शनिबार ०७:१०

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

यसै नीति अनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरिएको प्रधानमन्त्री ओलीले बताए । विदेश जाने,घुमेर आउने मात्र गर्नाले ठुला धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शुन्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘गतबर्ष मन्त्रालयगत रुपमा कति कर्मचरी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु’ प्रधानमन्त्री ओलीले भने ‘साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतीबारे समिक्षा हुन्छ ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई पनि कडाइ गरेको बताए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनु पर्ने समयको क्षती हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

महासंघको प्रतिनिधी मण्डालले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिनिधी मण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनु पर्ने,बिषयगत कार्यलयको हस्तान्तरण गर्नुपर्ने, एकिकृत सम्पती करको निरन्तरता, जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभुति लगायत १६ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ ।