१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई तिहाइको सरकार पनि निरिह देखियोः शेखर कोइराला

sarusaru
१३ श्रावण २०७५, आईतवार ०४:४३

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले दुई तिहाइको समर्थन रहेको सरकार निरिह देखिएको बताएका छन् ।

प्रधानमन्त्रीले मन्त्री र सांसदहरुलाई राखेर सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण भएको उनले बताए । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘यो हामी गल्ती गर्दैछौं, तिमीहरु प्रतिरक्षा गर भनेको न हो ।’

‘मलाई त अचम्म पनि लाग्यो । दुई तिहाईको समर्थन भएको प्रधानमन्त्री यति निरिह हुनुपर्ने त होइन ।’

सरकार संविधान विपरित चल्न खोजेको उनको आरोप छ । सुन काण्डको ठूलो माछा झै संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई अपहरणको शैलीमा उठाएको उनले बताए ।

सत्याग्रही गोविन्द केसीलाई गृहमन्त्रीले संसदमा उभिएर अधिनायकवादी भनेको स्मरण गदर्ैै उनले भने, ‘यो सरकारले हामीलाई लोकतन्त्र, सर्वसत्तावादबारे सिकाउन जरुरी छैन ।’
अनलाइन खबर