१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको युरोप क्षेत्रीय बैठक सुरु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७५, आईतवार ०९:४७

काठमाडौँ — गैरआवासीय नेपाली संघ -एनआरएनए_ को ११ औँ युरोप क्षेत्रीय बैठक र ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक सुरु भएको छ ।

लक्जम्बर्गस्थित हिल्टन होटलमा ‘युरोपिय एनआरएनको प्रतिबद्धता– नेपालमा पर्यटक, ज्ञान सीप र लगानी’ भन्ने नाराका साथ बैठक सुरु भएको हो। बैठकको उद्घाटन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायतले गर्दैछन्।

बैठकमा सहभागी हुन युरोप क्षेत्रका सबैजसो मुलुक र अन्य देशहरुसहित गरेर करिब ५ सय नेपालीहरु भेला भएको एनआरएनएले जनाएको छ। ‘यसपटकको बैठक नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने छलफल हुने छ,’ एनआरएनएका प्रवक्ता भुुषण घिमिरेले बताए।

गैरआवासीय नेपाली दिवस २०१८ को अवसरमा आगामी अक्टोबर १३ र १४ मा काठमाडौंमा हुने विज्ञ सम्मेलनको पूर्वतयारीस्वरुप यो बैठकको आयोजना गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले बताए।
एनआरएन र नेपालको विषयमा १५ भन्दा बढी बुँदामा बृहत छलफल गरिने जनाइएको छ। आयोजक राष्ट्र लक्जम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रममा सहभागी हुने एनआरएन युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले बताए।

उनका अनुसार युरोपस्थित एनआरएनएको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु कार्यक्रममा सहभागी भएका छन्।

क्षेत्रीय महिला बैठकमा एनआरएनएको महिला फोरमले युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरुको समस्याका बारेमा छलफल गर्ने कार्यक्रम छ। बैठकको पूर्व सन्ध्यामा शनिबार साँझ साहित्यीक र सांस्कृतिक कार्यक्रमहरु भएका थिए।