८ बैशाख २०८१, शनिबार
Follow Us

क्षेत्रीय वैठकमा एनआरएन युकेको दमदार प्रस्तुती

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७५, आईतवार ११:३०

लग्जेम्वर्ग । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजना भएको बैठकमा एनआरएन यूकेको तर्फबाट करिब ३० जना प्रतिनिधीहरुको सहभागित रहेको छ । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको नेतृत्वमा आएको टोलीले बैठकमा सशक्त रुपमा आफ्नो उपस्थिती देखाएको छ । २८ देशका प्रतिनिधीहरुको उपस्थिती रहेको वैठकमा युकेमा आएका प्रतिनिधीहरुले बैठकको प्रत्येक सत्रमा आफ्नो दरो उपस्थिती जनाए ।

संघको शनिवार सम्पन्न साहित्य तथा भाषाको कार्यक्रममा युके प्रतिनिधी फडिन्द्र भट्टराईले कार्यक्रम संचालन गरेका थिए। यस्तै संघद्धारा आयोजित पत्रकार सम्मेलनमा पत्रकार चिरन शर्माको सशक्त प्रस्तुती रह्यो । नेपाल पत्रकार महासंघ युकेको प्रतिनिधित्व गर्दै महासंघका उपमहासचिव नरेन्द्र बस्नेत अतिथीको रुपमा पत्रकार सम्मेलनमा उपस्थित थिए । पत्रकार सम्मेलनका बीच नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा घोषणा भए अनुरुप अमेरिका क्षेत्रीय संयोजक गौरी जोशीलाई सम्मान गरियो ।

संघको ११ औं क्षेत्रीय बैठक उद्धघाटन सत्रमा समेत युकेको विषेश उपस्थिती थियो । उद्धघाटनसत्रको संचलान रामशरण सिमखडा र संगिता मरहठ्टाले गरे । संघका अध्यक्ष योग कुमार फगामी, राज कुमार त्रिपाठी, चिरन्जीबी ढकाल, कुल आचार्य, डा. हेमराज शर्मा, कृष्ण तिमिल्सीना, विजन भट्ट, मोहन गुरुङ लगायतको उपस्थिती छ । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले १२ औं क्षेत्रीय सम्मेलन युकेमा गर्ने माग गर्दै बैठकमा सो प्रस्ताव पास गर्न लविङ गरिरहेको छ ।

उद्धघान परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गरे ।
युरोपीय बैठकमा नेपालमा लागानी, नेपाली भाषा र संस्कृतिको जगेर्ना, युरोपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता लगायतका अजेन्डामा छलफल हुने तयारी छ ।
नेपाल सरकारका कुटनीतिक क्षेत्र लगायत उच्च पदस्थ व्यक्तित्वहरु, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा नेपाल र लग्जम्बर्गका निजी क्षेत्रका व्यवसायिक प्रतिनिधि, संचारकर्मी लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरु बैठकमा सहभागी छन् ।
बैठकमा एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष पूर्व अध्यक्षहरु, संरक्षकहरु, आइसिसिका पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको साथै युरोपस्थित संघको २८ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु साथै युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु, संचारकर्मीहरु लगायत करीब ३ सय जना सहभागी छन् । बैठकको अन्तिम दिन भोलि सोमवार लग्जेम्वर्क घोषणापत्र जारी गर्दै समापन हुने संघका प्रवक्ता भुषण घिमिरेले जनाएका छन् ।