७ बैशाख २०८१, शुक्रबार
Follow Us

कलंकी बलत्कार प्रकरणमा दुई सशस्त्र प्रहरी जवान पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७५, आईतवार १३:४०

काठमाडौ । प्रहरीले बलात्कारको अभियोगमा दुई जना सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको टोलीले जवानहरु रामशरण पोखरेल र चन्द्रबहादुर प्रसार्इलाई पक्राउ गरेको डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए । गत बिहीबार कलंकीको आशिवार्द गेस्ट हाउसमा बलात्कार भएको हो ।

सुरुमा युवतीले पोखरेलसँग सम्बन्ध राखेर सुतेकी थिइन् । निदाएको बेला प्रसाईले समेत सम्बन्ध राखेको युवतीको उजुरी छ । दुवै जनालाई जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त, कालिमाटी वृत्तका डिएसपी क्षेत्रीले बताए ।

प्रहरीका अनुसार बिहीबार बेलुका तीन जनासँगै गेष्ट हाउसमा गएर मदिरा पिएका थिए । पोखरेल र युवती एउटा कोठामा तथा प्रसाई अर्को कोठामा सुतेका थिए । बिहान बिउँझदा उनी नग्न अवस्थामा थिइन् । आफ्नो बेडमा प्रेमी नभई प्रसाई थिए ।

बलात्कृत युवती र जवान पोखरेलबीच एक वर्ष अगाडी प्रेम सम्बन्ध थियो। जवान पोखरेलको अन्य केटीसँग पनि सम्बन्ध भएको सुनेपछि युवतीले सम्बन्ध तोडेकी थिइन् । एक वर्षपछि फेसबुक मार्फत पुनः उनीहरुबीच भेट भएको थियो । जवान पोखरेलले आफू सुध्रिएको र प्रहरीको जागिर पनि छोडेको बताउँदै युवतीलाई भेट्न बोलाएका थिए । पोखरेलको बानी सुध्रिएको विश्वासमा युवती उनलाई भेट्न बिहीबार कलङ्की पुगेकी थिइन् ।