४ बैशाख २०८१, मंगलवार
Follow Us

मृगौलापीडितलाई रु ९० हजार सहयोग

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७५, आईतवार १३:५३

भद्रपुर । दुवै मृगौला खराब भएर उपचारका क्रममा रहनुभएका मेचीनगर–११ धाइजनका नरेन्द्र मेचेलाई वत्सलादेवी फाउण्डेशन मेचीनगरले आज रु ९० हजार आर्थिक सहयोग गरेको छ ।

ललितपुरको निदान अस्पतालमा डाइलोसिस गराइरहनुभएका मेचेको मिर्गाैला प्रत्यारोपणका लागि पीडित परिवारको घरमै गएर फाउण्डेशनका तर्फबाट क्यान महासंघ झापा अध्यक्ष लक्ष्मी खनालले सो रकम हस्तान्तरण गर्नुभयो । पीडित मेचेलाई उहाँकै श्रीमती पूर्णिमाले मिर्गौला दिने भएपछि प्रत्यारोपण गर्दा लाग्ने खर्चका लागि मेचे परिवारले सवैसँग सहयोगको आग्रह गरेको छ ।

स्थानीयवासीले ‘नरेन्द्र मेचे बचाऔँ’ सहयोग समिति बनाई सहयोग जम्मा गर्दै आएका छन् । अभियानका नाममा एनआइसी एशिया बैंकमा रहेको सी ९८७९६१३७२३५२४०१ नंको खातामा सहयोग गरिदिन सबैलाई अनुरोध गरिएको अभियानका संयोजक नेत्र अधिकारीले जानकारी दिनुभयो ।
बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा छ महिनाअघि स्वाथ्य परीक्षण गर्दा मेचेको मृगौला खराब भएको पत्ता लागेको थियो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिने परिवारले जनाएको छ । त्यसका लागि करीब रु १५ लाख खर्च लाग्ने बताइएको छ ।