१३ बैशाख २०८१, बिहीबार
Follow Us

कस्ता गाउने तीजका गीत ? (भिडियो)

sarusaru
१४ श्रावण २०७५, सोमबार ०३:३७

काठमाण्डौ – तीज नजिकिँदै गर्दा थुप्रै तीज गीतहरु बजारमा आइसकेका छन् । यसै क्रममा गायक तथा सर्जक शिव अखेलीद्वारा रचित तीज गीत ‘तीजका गीत खत्तम ’ नामक गीत बजारमा आइसकेको छ ।
जान्दैनौ भने अरु पेशा गरी खाऊ
विहे हो र रत्यौली ,पाटी हो र ठट्यौली तीजका गीत गाउने भए वेदनाका गाऊ भनेर नयाँ सर्जक तथा गायक गायिकालाई गीतमार्फत आग्रह गरेका छन् । उक्त तीज गीतमा स्वर विनोद भण्डारी तथा सम्झना भण्डारीको रहेको छ भने शब्द शिव अखेलीको रहेको छ । लय नरेश खाती क्षेत्रीको रहेको उक्त गीतको अडियो तथा भिडियो निर्माण पृथ्वी इन्टरटेनमेन्ट प्रा.लि.ले गरेको हो भने विष्णु सापकोटा (हर्के हल्दार)तथा रोशनी सापकोटा (बाटुली) को बेजोड अभिनय रहेको छ । यस गीतको छायाङ्कन राजेश घिमिरे ,सम्पादन विष्णु शर्मा तथा निर्देशन प्रकाश भट्टले गरेका हुन् ।