१३ बैशाख २०८१, बिहीबार
Follow Us

अब वीर अस्पतालको उपकूलपति को ?

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७५, सोमबार ०५:५०

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स (वीर अस्पताल)मा साउन २४ मा उपकुलपति डा. गणेश गुरुङको कार्यकाल समाप्त हुने भएपछि नयाँ उपकुलपतिका लागि चिकित्सकको दौडधुप सुरु भएको छ ।

प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका सहकुलपति एव स्वास्थ्यमन्त्रीको सिफारिसमा कुलपति एव प्रधानमन्त्रीले न्याम्सको उपकुलपतिको नियुक्ति गर्छन्। उपकुलपति हुनका लागि पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, डा. श्रीकृष्ण गिरी, डा. सीताराम चौधरी, डा. अनिल मिश्र, डा. डिएन शाह, डा. श्रवणकुमार चौधरीको दौडधुप सुरु भएको हो ।

त्यसका लागि वर्तमान भिसी डा. गुरुङको पनि राजनीतिक दौडधुप सुरु भएको छ । डा. मिश्र पूर्व स्वास्थ्य सचिव र न्याम्सका पुर्व्डिन समेत हुन् । हाडजोर्नी रोग विशेषज्ञ डा. गिरीले न्याम्सका पुर्व रजिस्टार हुदै स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुखको अनुभव लिइसक्नु भएको छ ।

उहाँ नेकपा अध्यक्ष प्रचण्ड, पूर्व स्वास्थमन्त्री र वर्तमान शिक्षामन्त्री गिरीराजमणि पोखरेल निकट मानिनु हुन्छ । अर्का डा. सिताराम चौधरी पुर्व डिन हुनहुन्छ । उहाँलाई वीरका कर्मचारीहरू र तराईबासी डाक्टर र नेताहरूको सहयोग छ ।