८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानन्यायाधीशबारे निर्णय फेरी सर्‍यो

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७५, सोमबार १३:०६

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अनुमान गरिएको थियो । तर, समितिको बैठक बसेपनि कुनै निर्णय भने भएन । अर्को बैठक १६ गतेलाई बोलाइएको छ । जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ । शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो । फेरि, सोमबारका लागि बैठक तोकिएको थियो ।