१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपप्रधानमन्त्री महरा चीनतर्फ प्रस्थान

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७३, शनिबार १४:३९

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो ।

छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन जानुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो । उक्त सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उहाँ आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।