८ बैशाख २०८१, शनिबार
Follow Us

चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७५, मंगलवार ११:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सांसदहरुले डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संसोधन दर्ता गरेका छन् । सत्तारुढ दल नेकपाका तर्फबाट सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संशोधन दर्ता गराएका हुन् ।

यसबाहेक अन्य ५ वटा संशोधन दर्ता भएका छन् । कांग्रेस सांसद गगन थापाले पनि संशोधन दर्ता गरेका छन्। कांग्रेसकै भरत गौतम र सञय कुमार गौतमले पनि संशोधन दर्ता गराएका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीका अनिलकुमार झा, नेकपाका गंगा चौधरी सत्गौवा, लक्ष्मीकुमारी चौधरी र आशाकुमारी विकले पनि संशोधन विधेयक दर्ता गरेका छन्। त्यस्तै कांग्रेसका भरतकुमार साह र दिलेन्द्र प्रसाद बडुले संशोधन दर्ता गराएका छन् ।