८ बैशाख २०८१, शनिबार
Follow Us

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

sarusaru
१६ श्रावण २०७५, बुधबार ०२:४२

सोलु, सल्लेरी – सोलु दूधकुण्ड नगरपालिका¬–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ ।

विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिनुभयो । उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ ।

रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताउनुभयो ।

यस विषयमा प्रहरीलाई कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताउनुभयो ।
रासस