१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन कार्यालय प्रमुखलाई वेवास्ता गर्दै कर्मचारी आफु खुसी युरोप भ्रमणमा

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७५, बुधबार १०:५५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंस्थित कार्यालयमा कार्यरत कर्मचारीले निर्देशक हेमन्त दवाडीलाई टेर्न छाडेका छन् । निर्देशक दवाडीलाई बेवास्ता गर्दै केही कर्मचारी युरोप भ्रमणमा निस्केको खुलासा भएको छ । एनआरएनए केन्द्रीय कार्यालयमा कार्यरत वेभ डिजाइजर हर्षित श्रेष्ठ आफू खुसी युरोप भ्रमणमा निस्केका हुन् ।

एनआरएन यूरोपको ११ औं क्षेत्रीय सम्मेलनमा लक्जेम्वर्ग आएका श्रेष्ठले सचिवालयसँग समन्वय नगरी आयोजक राष्ट्र लक्जेम्वर्गका पदाधिकारीलाई सम्पूर्ण काम गरिदिने विश्वास दिलाएका थिए । कार्यालय स्रोतका अनुसार केही महिना अघिनै युरोप भ्रमणको तयारी स्वरुप पर्यटनसम्वन्धी भिडियो प्रतियोगितामा सहयोग गर्ने बाहानामा संघका केही पदाधिकारीसँग उनी नजिक भएका थिए । बैठक सुरु हुनुभन्दा केही दिन अघिदेखि नै श्रेष्ठ लक्जेम्वर्गस्थित हिल्टन होटलमा एनआरएनको खर्चमा मोज गरिरहेका थिए । स्रोतले भन्यो, उनी सचिवालयको प्रमुखलाई टेर्दैन् दिनभरि फेसबुक, स्काईपमा च्याट गरेर कार्यालय समय बेथित गर्छ ।

गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार श्रेष्ठले सचिवालयको समयमा संघको कामभन्दा अन्य धन्दा गर्छन् । एनआरएनको पैसाबाटै उनकै सहायक आइटी अफिसर राखेका छन् । एनआरएनको कार्यालयमा बसेर दुवैजना मिलेर बाहिरी व्यवसाय गरेका छन् ।

श्रेष्ठ गैरआवासीय नेपाली संघकी उपाध्यक्ष सपीला राजभण्डारीको नातेदारसमेत हुन् । भण्डारीबाहेक संघको एक उच्च पदाधिकारीले श्रेष्ठको संरक्षण गरेका कारण उनी बढी महत्वकांक्षी र कसैलाई नर्टेन भएका हुन् । स्रोतका अनुसार श्रेष्ठ संघको वेभसाइटको लागि अवश्य कयौ सवडोमेन व्यक्तिगत नाममा खरिदसमेत गरेका छन् । संघको सर्वरलगायतको महत्वपूर्ण पासवर्डसमेत उनले मात्र प्रयोग गरेका छन् ।

उनले संघका सम्पूर्ण पदाधिकारीको व्यक्तिगत इमेलसमेत खोलेर पढ्ने गरेको छ । एक आइटी कम्पनी प्रमुखका अनुसार संघसंस्थाको वेभसाइटको सम्पूर्ण पासवर्ड एक व्यक्तिको नाममा रहनु गैरकानुनी भएको हो । उनले भने, ‘यति ठूलो संस्थाको लगाम एक व्यक्तिको हातमा जानु एनआरएनको व्यक्तिगत विवरण खतरामा पर्नु हो’, उनले भने । व्यक्तिले होइन् कम्पनीले ग्यारेन्टी लिन सक्नुपर्छ । सचिवालय स्रोतका अनुसार राजभण्डारी र श्रेष्ठको मिलोमतोमा छापिएका गैरआवासीय नेपालीको परिचय पत्रसमेत काठमाडौंस्थित कार्यालयमा बेवारिसे छ ।
गैरआवासीय नेपाली संघको खर्चमा १० दिने युरोप भ्रमणमा निस्केका श्रेष्ठले युरोपियन बैठकमा समेत कसैलाई नटेरी आफ्नो मनोपली काम गरेका थिए । गैरआवासीय नेपाली संघ लग्जेम्वर्गका एक सदस्यले भने पाँचतारे होटरमा राखेर सबै सुविधा दिएर काम गराउँदा समेत प्रतिनिधि परिचय पत्रसमेत राम्रोसंग प्रिन्ट गर्न सकेनन् । उनीले आफूलाई मन लागेको काम गर्ने, मन लागेन भने मुख फर्काउने रहेछन् । यस्तो व्यक्तिलाई कसले संघको कार्यालयमा जागिर दियो अचम्म छ, उनले भने ।

श्रेष्ठ तिनै व्यक्ति हुन् जसलाई गत अक्टोवरमा संघको नेतृत्वका भएको निर्वाचनमा तत्कालीन अध्यक्ष शेष घलेले मध्यरातमै कामबाट निकालेका थिए । घले समूहले मतदाता नामावली तल–माथि पार्न सक्ने आशंका गर्दै श्रेष्ठले मध्य रातमा वेभसाइटको पासवर्ड परिवर्तन गरेर घलेसमेतलाई डेटा हेर्न बञ्चित गरेका थिए ।

विश्वभरि छरिएका नेपाली समुदायले तिरेको शुल्कबाट सञ्चालित काठमाडौंस्थित कार्यालयका एक कर्मचारीले संघका पदाधिकारी र अध्यक्षलाई चुनौति दिएको यो पहिलो घटना हो ।
यस्तै गैरआवासीय नेपाली संघ यूकेको साधारण सदस्यको व्यक्तिगत विवरण गायब हुने सम्भवना बढेको छ । गत वर्ष सम्पन्न संघको निर्वाचनमा सदस्यताका लागि आवेदन गरेका सम्पूर्ण नेपालीको व्यक्तिगत विवरण (पासपोट, ड्राइभिङ र लाइसन्) गरिएको थियो । उक्त विवरण श्रेष्ठले खल्तीमा हालेर हिडेको दुई वर्ष पुग्न लाग्यो ।