१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रस्तावित प्रधानन्यायाधीशबारे आज पनि सुनुवाई समितिले निर्णय लिन सकेन

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार १४:०२

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । दलहरुबीच सहमति बन्न नसक्दा निर्णय हुन नसकेको बताइएको छ । अर्को बैठक पर्सि १८ गते बस्नेछ । यसअघि बसेका समितिका ४ वटा बैठकले निर्णय गर्न सकेको थिएन।

बैठकअघि नेकपाका नेता सुवास नेम्वाङ र भानुभक्त ढकालले समितिमा रहेका आफ्ना सांसदहरुसँग छलफल गरेका थिए। सिंहदरबारस्थित संसदीय दलमा उनले छलफल गरेका हुन् । छलफलपछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार गएका थिए।

त्यस्तै नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्मबहादुर खातीले कांग्रेस शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
संसदीय सुनुवाइको नजिता आउने समय नजिकिँदै जाँदा केसी र खाती सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग भेटघाटका लागि पुगेका थिए।

उनीहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीकै पक्षमा निर्णय गर्नको लागि दबाब दिएको स्रोत बताउँछ। नेकपा जोशीलाई अनुमोदन नगर्ने पक्षमा छ भने कांग्रेसले यस विषयमा प्रष्ट निर्णय लिइसकेको छैन।