१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वसांसद सदा सम्मानित

sarusaru
१७ श्रावण २०७५, बिहीबार ०४:१८

राजविराज – पूर्वसांसद तथा दलित र भूमिअधिकार आन्दोलनका अगुवा असर्फी सदा ‘वैद्य–प्रकाश मानवअधिकार पुरस्कार, २०७५’ बाट सम्मानित हुनुभएको छ ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार आयोजित २६औँ प्रकाश स्मृति दिवसका अवसरमा स्थानीय अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का ४४ वर्षीय सदालाई रु तीन हजार १००को सो पुरस्कार प्रदान गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २१औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित राजविराज–७ का वैद्यनाथ झाले प्राप्त गर्नुभएको रु ५० हजारबाट उक्त पुरस्कार स्थापना गरिएको थियो ।
सो पुरस्कार पहिलोपटक २०७३ मा दलित आन्दोलनका अगुवा बलदेव राम र २०७४ मा युक्तिलाल मरिकलाई प्रदान गरिएको थियो ।
रासस