६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रमुख प्रतिपक्षी दल कांग्रेसद्धारा संसद बैठक वहिष्कार

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७५, बिहीबार १५:०९

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा कांग्रेसले मन्त्रीसंगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो । प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै उभिइरहेका बेला सभामुखले कार्यसुची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसदहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

सभामुख कृष्णबहादुर महराले मन्त्रीद्वय रामबहादुर थापा र प्रदीप ज्ञवालीको जवाफमा प्रश्न गर्न खोज्दा रुलिङ गरेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरिरहँदा संसदको कारबाही अगाडि बढेको थियो । संसद बहिस्कारपछि कांग्रेस सांसदहरुले सरकार सर्वसत्तावादको अभ्यास गरिरहेको र संसदमा पनि त्यो अवस्था देखिएको आरोप लगाएका छन् ।

कांग्रेस सांसदहरुले सरकार बिरुद्ध संसदमा अझ गम्भीर खालका आन्दोलन अघि बढाउने चेतावनीसमेत दिएका छन् । कांग्रेसको विरोधलाई बेवास्ता गर्दै सभामुख महराले संसदीय समितिका नामहरु पढेर सुनाएका थिए । विरोधका बीच सभामुखले बिमासम्बन्धी विधेयक छलफलका लागि संसदमा पेश गरेका हुन ।