१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ठगी गर्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७५, बिहीबार १५:२२

काठमाडौं । विभिन्न चर्चित व्यक्ति र दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठगी गर्नेलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का हरिप्रसाद सिटौलाले कसैलाई आफू जापानी, अष्ट्रेलियाली, अमेरिकी र पाकिस्तानी, दुतावासको कर्मचारी बताउने, कसैलाई चिकित्सक हुँ भन्ने र कतिपयलाई आफू अर्थशास्त्री डा पिताम्बर शर्मासमेत भनेर ठगी गर्ने गरेका थिए ।

अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीका अनुसार दुतावास तथा अस्पतालमा जागिर लगाइदिने भन्दै उनले पैसा लिइ धेरैलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ । उनले ठगेको रकमबारे अनुसन्धान भइरहेको छ ।

पैसा लिने र झुलाउने गरेपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।