१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दृष्टिविहीनलाई रु एक लाख ४० हजार जुट्यो

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार ०५:३८

बेनी । दैनिक गिट्टी कुटेर परिवारको गुजारा चलाउने म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट फापरखेतका आइतबहादुर नेपालीको परिवारलाई स्वदेश तथा विदेशबाट रु एक लाख ४० हजार ८६५ सहयोग सङ्कलन भएको छ ।
गाउँमा सार्वजनिक जग्गामा बसोबास गरिरहेका पूर्णरुपमा दृष्टिविहीन रहेका नेपालीको बारेमा गत असारमा राससमा समाचार प्रकाशित भएपछि आर्थिक सहयोग जुट्न सुरु भएको थियो ।

देश विदेशबाट नेपालीलाई जुटेको रु एक लाख ४० हजारभन्दा बढी रकम शनिबार नेपालीको गाउँ फापरखेतमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले एउटा समाचारले नेपाली परिवारको जीवनस्तरमा परिवर्तन ल्याएको बताउनुभयो । कार्यक्रममा दृष्टिविहीन आइतबहादुरले आर्थिक सहयोग गर्नेप्रति आभार व्यक्त गर्नुभएको थियो ।