१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको साधरणसभा सम्पन्न

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७५, बिहीबार २२:३०

कोमल मल्ल ।

काठमाडौ । नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको नियमित दोस्रो साधारण सभा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएकोछ ।

रत्न पुस्तक भण्डार ,बागबजारको सभा हलमा नेपाल च्याप्टरका सभापति वरिष्ठ साहित्यकार इल्या भट्टराईको सभापतित्वमा सम्पन्न सभालाई प्रमूख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेल सम्वोधन गर्नुहँदै परिषदका अध्यक्ष इल्या भट्टराईबाट लिखित नियात्रा पुस्तकको लाेकार्पण गर्नु भएको थियो ।देश देखि विदेश सम्म नेपाली साहित्यको आकाश फराकिलो बनाउनमा नेपाली साहित्य विकाष परिषदको एेतिहासिक योगदान रहेको चर्चा गर्नुहँदै प्रमुख अतिथि डा.विष्णुविभु घिमिरेले नियात्रा लेखनमा लेखक ईल्या भट्टराईको कलम सशक्त रहेको चर्चा गर्नु भयो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठकवि गाेपाल पराजुलीबाट,परिषदको प्रतिवेदन महासचिव रेडियो पत्रकार हरिशरण लामिछानेबाट भएको थियो भने कार्यक्रम सन्चालन डा. रेणुका थापा सोलुले गर्नु भएको थियो ।कार्यक्रममा परिषदका सल्लाहाकार
प्रा.डा.गाेविन्दराज भट्टराई,सत्य निरूपण अायाेगका माननीय सदस्य माधवी भट्ट,युवा समालाेचक महेश पाैड्याल, डा.प्रभा कैनी आदि वरिष्ठ व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुहुँदै डायसपोराबाट नेपाली साहित्यलाई मलजल गरेर धनी बनाउने काम दिनप्रतिदिन बढ्दै गएको प्रसङ्गमा प्रकाश पार्नुहुँदै विमोचित नियात्रा पुस्तककी लेखक वरिष्ठ साहित्यकार ईल्या भट्टराईको साहित्यक योगदान बारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा लब्ध प्रतिष्ठित ब्यक्तित्वहरू प्रा.डा.देवीप्रसाद सुवेदी, गोबिन्द प्रसाद श्रेष्ठ,निमा वाङ्गेल लामा, प्रा.डा ज्ञानू पान्डे, साहित्यकार ध्रुब सापकाेटा,चन्द्रप्रसाद भट्टराइ, पवन अालोक, मुकुन्द न्यौपाने, तारा के.सी,प्रभा भट्टराइ, रुद्रअधिकारी,कवि दीपेन्द्रसिंह थापा, इ.दिपक भट्टराई लगायतको उपस्थिति थियो।
१९९५(२०५१ बिसं) मा बेलायतमा साहित्यकार सुरेशजंग शाह बाट स्थापना गरिएको नेपाली साहित्य विकास परिषद यूके को नेपाल च्याप्टर नेपालमा २०७३ मा खाेलिएको थियो