१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रस्तावित प्रधानन्यायाधीशलाई महाभियोग !

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७५, शुक्रबार ०४:२४

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक आज बस्दै छ ।

यसअघि बसेको बैठक, समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दल र विपक्षी दलका सांसदबीच कुरा मिल्न नसकेपछि आज शुक्रबारलाई सारिएको थियो । सत्तारुढ दल नेकपाका सांसदहरु प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा कांग्रेसले अल्झाइरहे महाभियोग प्रस्ताव ल्याउनुपर्ने लबिङमा लागेका छन् ।

संसदीय सुनुवाई समितिको बैठक पटक–पटक सरिरहेको र समितिभित्रको दुई तिहाई मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ । सर्वसम्मत निर्णय गर्ने भन्दै बैठक तीन पटक सरिसकेको छ ।