१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७५, शुक्रबार ०९:४४

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले जोशीको नाम अस्वीकार गरेको हो । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन ।

प्रधानन्यायाधीशका लागि सिफारिश भएका जोशीको अघिल्लो बिहीबार संसदीय सुनुवाइ भएको थियो । सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीले केही एक हप्तासम्म पर्खनुपर्‍यो। तर पनि निर्णय उनको पक्षमा आएन ।