१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ढकाल बने कानूनमन्त्री, भूमिसुधारमा अर्याल

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७५, शुक्रबार ०९:४९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन् ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पदमा अर्याल नियुक्त भएकी छिन् । उनी यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन् । स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादब आएपछि उनलाई नयाँ जिम्मेवारी दिइएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् । नयाँ नियुक्त भएका मन्त्रीहरुको आजै समपथग्रहण हूँदै छ ।