१३ बैशाख २०८१, बिहीबार
Follow Us

परराष्ट्र मन्त्री महत आज नयाँ दिल्ली जाँदै

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार ०५:५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको अन्तिम एजेण्डा तय गर्न परराष्टमन्त्री प्रकाशशरण महत आज भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् । प्रधानमन्त्री दाहालको भ्रमणको पूर्व सन्ध्यामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत आजदेखि २८ गतेसम्म भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । तीन दिने भ्रमणमा परराष्ट्र मन्त्री प्रकाशशरण महतले भारतीय परराष्ट्र मन्त्री स्वराजसंग भेटेर सरकार प्रमुखबीचको भेटको एजेण्डालाई अन्तिम रुप दिने बताइएको छ । प्रधानमन्त्री दाहालले आसन्न भारत भ्रमणमा कुनै राजनीतिक सम्झौता नगर्ने बताइरहेका बेला भ्रमणको एजेण्डा तय गर्न भन्दै महतलाई त्यसतर्फ पठाएका हुन् । यसअघि नै प्रधानमन्त्रीको विशेषदुतका रुपमा सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी भारत गएका थिए ।